सत्तागठबन्धन आफ्नै खुट्टामा अल्झिएर लड्छ: सचिव भट्टराई

(भिडियो सहित)
हेटौडा न्युज
१२ चैत्र २०७८, शनिबार १७:०३
;

मकवानपुर । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको सत्तागठबन्धन आफ्नै खुट्टामा अल्झिएर लड्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल मकवानपु्रले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव भट्टराईले अहिलेको सत्तागठबन्धन भ्यागुताको धार्नी पुर्याउने मात्रै भएको टिप्पणी गरे । उनले गठबन्धन अल्झिरहने र एमाले धरै अगाडी पुगिसक्ने दाबी समेत गरे ।

यस्तै सचिव भट्टराईले आगामी निर्वाचनमा केन्द्रिय स्तरबाट घोषित रुपमा कुनै पनि दलसँग चुनाबी तालमेल नहुने बताए । चुनावी तालमेल गर्नुपर्ने ठाँउमा स्थानीय कमिटिले आवश्यकता अनुसार निर्णय गर्न सक्ने उनले बताए । नेकपा एमालेको मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस रहेको भन्दै काङ्ग्रेससँग चुनावी तालमेल नहुने सचिव भट्टराईले प्रष्ट पारे ।

https://youtu.be/BopThEHMlgc

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*