स्थानीय तहको निर्वाचनको मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने

हेटौडा न्युज
१३ चैत्र २०७८, आईतवार १०:३१
;

मकवानपुर । स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने भएको छ ।

निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको अन्तिम सूची आज प्रकाशित गर्न लागेको हो । आयोगका अनुसार दाबी विरोधपछि करिब एक लाख मतदाता घटेका छन् । भने आगामी स्थानी तह निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने छन् ।

मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ । यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन मिल्दैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*