बागमती प्रदेश यातायात मन्त्रालयको एक सय दिनको कार्यप्रगति सार्वजनिक

हेटौडा न्युज
१४ चैत्र २०७८, सोमबार ११:२४
;

मकवानपुर । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सय दिनमा गरेका कामहरु सार्वजनिक गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले मन्त्रालयको स्थापना भएपश्चात मन्त्रालयले गरेको काम र कार्यप्रगतिको जानकारी दिएका हुन् । सार्वजनिक सेवा प्रवाह हुने सबै कार्यालयमा मन्त्रीसहितको टोलिबाट स्थलगतरुपमा अवलोकन तथा निरीक्षण गरिएको मन्त्री दहालले बताए । कार्यसम्पादनमा सुधारका लागि कार्यालय प्रमुखसँग कार्यविवरणसहितको कार्यसम्पादन करार गर्ने, जनशक्ति व्यवस्थापन तथा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको मन्त्री दहालको भनाई छ । यातायात कार्यालयमा रहेका सवारी दर्ता सम्बद्ध कागजातलाई विद्युतीय माध्यमबाट अभिलेख राख्ने कार्य अघि बढाईएको मन्त्री दहालले बताए ।

यस्तै मन्त्रालयले सिन्धुलीको खुर्कोटमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्न तथा चितवन र मकवानपुरमा रहेको यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नतिका लागि प्रक्रिया अगाडि बढाइएको जनाएको छ । यातायात व्यवस्थापनको विषयमा संघीय सरकार अन्तर्गत यातायात व्यवस्था विभागसँग गरि सम्पूर्ण प्रणाली प्रदेश सरकार मातहत ल्याई सेवा प्रवाहमा देखिएका समस्या हल गर्न पहल भैरहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*