३६ जना डीएसपीको सरुवा
मकवानपुर । नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार साँझ डीएसपीहरूको सरुवा गरेका हुन् । सरुवा सूची अनुसार इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा ज्ञानकुमार महतो, इलाका प्रहरी कार्यालय, दमकमा दिलिपकुमार गिरी र इलाका प्रहरी कार्यालय अनारमनीमा रुँगमबहादुर कुँवर पठाइएका छन् ।
इलाका प्रहरी कार्यालय, पथरीमा वेदप्रसाद गौतम, महानगरीय प्रहरी वृत्त, जनसेवामा शालिकग्राम शर्मा र महानगरीय प्रहरी वृत्त, ठिमीमा हनिनन्दन चौधरी पठाइएका छन् ।
dysp-transfer-2078-12-14









