ट्रिपरको ठक्करबाट दुई बालिकाको मृत्यु, एकजना गम्भीर घाईते

हेटौडा न्युज
१६ चैत्र २०७८, बुधबार ११:४१
;

मकवानपुर । ट्रिपरको ठक्करबाट गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा दुई बालिकाको मृत्यु भएको छ ।

स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान साढे ८ बजे ट्रिपरको ठक्करबाट मृत्यु भएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा ४ ख ६९६५ नम्बरको ट्रिपरले ठक्कर दिंदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । चालकले ट्रिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*