एमालेसँग एक्लै लड्न नसक्ने भएपछी गठबन्धन बन्यो: ओली

हेटौडा न्युज
१६ चैत्र २०७८, बुधबार १५:४२
;

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछी गठबन्धन उब्जिएको बताएका छन् ।

सरकारमा रहेका दलहरूले त्यही सोचेर एमालेविरुद्ध गठबन्धन बनाउने अवस्थामा पुगेको उनको दाबी छ । व्यवसायी एवम् एमाले नेता दुर्गा प्रसाईंले सूर्यविनायकमा सुरू गरेको तरकारी बजार उद्घाटन गर्दै ओलीले भने, ‘एक्लै एमालेसँग लड्ने कुरा अब नेपालका कुनै पनि पार्टीले नचिताए हुन्छ । सोच्दै नसोचे हुन्छ । त्यसकारण गठबन्धन गर्न जरुरी छ ।

उहाँहरूले बुझेको यतिसम्म जरुरी छ । गठबन्धन नगरी एमालेसँग लड्न सकिन्न भनेर यतिसम्म बुझेको ठीक छ । गठबन्धन गर्नैपर्छ उहाँहरूले ।’ अध्यक्ष ओली सत्तारूढ दलहरूबीचमा चुनावमा गठबन्धन हुँदा एमालेलाई कुनै फरक नपर्ने दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*