सिंह, पन्त र धानुकको बढुवा सदर

हेटौडा न्युज
१७ चैत्र २०७८, बिहीबार १०:५६
;

मकवानपुर । तीनजना डिआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सरकारलाई बाटो खुलेको छ ।

लोक सेवा आयोगले वरिष्ठताका आधारमा बढुवा सिफारिस नभएको भन्दै आयोगमा परेको उजुरी खारेज गर्दै डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहको बढुवा सिफारिस सदर गरेको हो ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बढुवा सिफारिस गरेका तीनै जना डिआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सरकारलाई बाटो खुलेको हो । कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीलगायतले लोकसेवा आयोगमा उजुरी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*