ट्रिपरले प्राधिकरणको गाडीलाई ठक्कर दिदाँ एकजनाको मृत्यु

हेटौडा न्युज
१८ चैत्र २०७८, शुक्रबार १०:१९
;

मकवानपुर । नेपाल विद्युत प्राधिकरणको गाडीलाई ट्रिपरले ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–५ रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको ट्रिपरले पछाडिबाट ठक्कर दिएको थियो । ट्रिपरको ठक्करले बोलेरो चालक बोदे बर्साइन नगरपालिका–५ बस्ने २६ वर्षीय शिवराज यादवको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवम् डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनले बताए । दुर्घटनामा बोलेरो गाडीमा सवार बोदेबर्साइन नगरपालिका–१० बस्ने ३० वर्षीय शैलेश यादव, सोही उमेरका महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय वृजेश कुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका–८ बस्ने ३५ वर्षीय अरुण कुमार सिंह घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिपर र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*