स्थानीय निर्वाचनका कारण मेयर कप फुटबल प्रतियोगिता स्थगित
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुने भनिएकोे मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ ।
आगामी चैतका २० गतेदेखी ३० गते सम्मकालागी तय भएको प्रतियोगिता अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको हो । स्थानीय तहको निर्वाचन नजिकिएका कारण देखाउँदै पाँचौं संस्करणको प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।











