सत्तारुढ दलको भागवण्डामा भूमि आयोगका ४३ जिल्लाका अध्यक्ष नियुक्त

हेटौडा न्युज
१८ चैत्र २०७८, शुक्रबार १६:५२
;

मकवानपुर । सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष नियुक्त गरेसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ । सरकारले गत पुसको २१ मा २८ जिल्लाको अध्यक्ष तोकेको थियो । ४३ जिल्लामा तोकिएका अध्यक्षको सपथ विहीबार भएको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जानकारी दिए । भूमि आयोगमा सरकारले मनोनित गरेका अध्यक्षहरु सत्तारुढ दलको भागवण्डाको आधारमा तय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*