बाल जागृती युवावर्ष माविमा स्कुल ब्याग वितरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ६ गौरीटार स्थित बाल जागृती युवावर्ष माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ ।
शिक्षक अभिभावक संघ बाल जागृती युवावर्ष माविका अध्यक्ष आशिष चौलागाईको पहलमा कक्षा १ देखी कक्षा ५ सम्मका एक सयजना विद्यार्थीहरुलाई शुक्रबार स्कुल ब्याग वितरण गरिएको हो । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पौडेल, युवा व्यवसायी विश्वास तिमल्सिना, समाजसेवी विदुर चौलागाई र राजेश खतिवडाको आर्थिक सहयोगमा ४० हजार रुपैयाँ बराबरको स्कुल ब्याग वितरण गरिएको थियो ।
बाल जागृती युवावर्ष माध्यमिक विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ का वडा सदस्य राजकुमार बास्तोलाको प्रमुख आतिथ्यता रहेको थियो ।










