आजदेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने

हेटौडा न्युज
१९ चैत्र २०७८, शनिबार १०:३९
;

मकवानपुर । आजदेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको हैदरावाद हाउसबाट भर्चुअलरुपमा संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने भएको हो । करिब डेढ वर्षअघि भारतबाट करिब १ अर्ब खर्च गरेर ल्याइएको रेल सञ्चालनमा आउन लागेको हो ।

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले रेल सञ्चालनको निकै प्रयास गरेको थियो । विभिन्न कारण सञ्चालनमा आउन नसकेको उक्त रेल आजदेखि सुरु हुन लागेको हो । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको छ । दैनिक दुईपटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*