मारवाडी एशोसिएसन हेटौंडाको साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न
मकवानपुर । मारवाडी एशोसिएसन हेटौंडाको २६ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम आज हेटौंडामा भएको छ ।
एशोसिएसनका अध्यक्ष पवन अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जेष्ठ नागरिक, एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विभिन्न संघ संस्थामा आवद्ध भएका मारवाडी समुदायका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

यस्तै मारवाडी युवा मञ्च हेटौंडाका सह–कोषाध्यक्ष निमेष जालानले स्वर्गीय भगानदास जालान र स्वर्गीय शान्तीदेबि जालानको स्मृतिमा एक लाख एक हजारको अक्षय कोष खडा गरेका छन् । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।











