जवाफदेहीपूर्ण ढङ्गबाट सञ्चार क्षेत्र अघि बढ्नुपर्छ: प्रदेश प्रमुख शर्मा

हेटौडा न्युज
१९ चैत्र २०७८, शनिबार १४:०९
;

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सञ्चार माध्यमहरुले सशक्त र जनताप्रति जवाफदेहीपूर्ण ढङ्गबाट सञ्चार क्षेत्र अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

तु खबर डटकमको पाँचौँ वार्षिक उत्सव तथा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले जिम्मेवार तथा सशक्त पत्रकारिता नै समाज परिवर्तनको सम्वाहक भएको उल्लेख गरे ।उनले सत्यको सम्प्रेषण गर्न सकेको अवस्थामामात्रै पत्रकारिता क्षेत्रले सफलता प्राप्त गरेको मानिने बताए । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अतिरिक्त देश र जनतालाई अदम्य शाहस भएको स्वाभिमानयुक्त पत्रकारिता आवश्यक भएको बताए ।

कार्यक्रममा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी, राजधानी डेल्ली डटकमका सम्पादक धु्रव लम्साल, नेपाल समाचार पत्रका मकवानपुर संवाददाता रोशन पराजुली, रेडियो मकवानपुरका समाचार प्रमुख राजन दाहाल (खुसराज), धादिङ्पोष्ट डटकमका सम्पादक नारायण शिलवाल र विभिन्न छापाखानामा पत्रपत्रिका छपाईको काम गर्दै आएका सोमबहादुर विष्टलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*