साढे ६ वर्षपछि खुल्यो काष्ठमण्डप, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन
मकवानपुर । २०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सकिएको छ ।
पुनर्निर्माण सम्पन्न भएपश्चात् आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । विनाशकारी भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८ समिति गठन पुन निर्माण सुरु भएको थियो ।
काष्ठमण्डप पुनर्निर्माण गर्न करिब ८ हजार क्यू फिट नयाँ र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब ४ हजार ९ सय क्यु फिट काठ प्रयोग भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए । सोमबार उद्घाटन भएसँगै साढे ६ वर्षपछि सर्वसाधारणका लागि पनि खुल्ला भएको छ ।










