हवाई जहाजमा खरायो ठोक्किदाँ खरायोको मृत्यु

हेटौडा न्युज
२२ चैत्र २०७८, मंगलवार ०७:२०
;

मकवानपुर । हवाई जहाजमा खरायो ठोक्किदाँ नेपालगञ्ज विमानस्थलमा खरायोको मृत्यु भएको छ ।

सोमबार राति पौने ८ बजे काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला खरायोसँग ठोक्किदाँ खरायोको मृत्यु भएको हो । जहाजमा खरायो ठोक्किएपछि केहीबेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध एयर नेपालगञ्जका व्यवस्थापक विनित शाहले बताए ।

नेपालगञ्ज विमानस्थलमा यसअघि पटक–पटक जहाजमा बँदेल ठोक्किएको थियो । बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो । धावनमार्ग नजिक रहेको झाडीमा जंगली जनावर रहेकाले विमानस्थलमा जनावर ठोक्किने जोखिम रहँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*