जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौडा न्युज
२२ चैत्र २०७८, मंगलवार ११:४६
;

मकवानपुर । आज बिहान जिप दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ ।

शारदा नगरपालिका–१ दारिमचौरबाट श्रीनगर तर्फ आउँदै गरेको भे १ ज ३३६ नम्बरको जीप आज बिहान ६ बजेतिर दुर्घटना हुँदा सहचालक १८ वर्षीय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गाडी शारदा नगरपालिका वडा नं १ को दारिमचौरस्थित कच्ची सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक अर्जुन पौडेलले बताए । दुर्घटनामा गाडी चालक २१ वर्षीय थलराज वली सामान्य घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*