चैत २५ गतेदेखि बालबालिकाहरुलाई टाईफाइड बिरुद्धको खोप लगाइने

हेटौडा न्युज
२२ चैत्र २०७८, मंगलवार १२:२२
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाभित्रका बालबालिकाहरुलाई यही चैत २५ गतेदेखि टाईफाइड बिरुद्धको खोप लगाइने भएको छ ।

मंगलवार पत्रकार सम्मेलन गर्दे उपमहानगरपालिकाभित्रका बालबालिकाहरुलाई यही चैत २५ गतेदेखि टाईफाइड बिरुद्धको खोप लगाइने जानकारी दिईएको हो । उपमहानगरका ५६ हजार ४ सय बालबालिकालाई हेटौंडाका बिद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र राखेर खोप लगाउन लागिएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।

मकवानपुरको मनहरी गाउँपालिकाबाट संघीय स्वास्थ्य तथा जनसख्यामन्त्री बिरोध खतिवडाले खोप अभियानको उद्घाटन् गर्ने कार्यक्रम तय भएको छ । १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने उनले बताए । हेटौंडाका बिद्यालयहरु सहित ३ सय ३५ वटा खोप केन्द्र मार्फत खोप लगाइने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*