पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा चढेको विमानभित्र टेलिभिजनमा प्रत्यक्षप्रसारण गरेको विषयमा प्रेस काउन्सिलले पत्रकार ऋषि धमलालाई स्पष्टीकरण सोधेको छ ।
कर्मचारीले रोक्दारोक्दै निषेध गरिएको स्थानमा बलजफ्ती प्रवेश गर्नुको कारण २४ घन्टाभित्र पेस गर्न काउन्सिलले धमलालाई पत्र पठाएको हो । शुक्रबार प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानभित्र धमलाले प्राईम टेलिभिजनमा प्रत्यक्षप्रसारण गरेका थिए ।
उनी प्रधानमन्त्रीसँग कुराकानी गर्ने भन्दै जहाजका कर्मचारीलाई पेलेर इकोनोमी क्लासबाट बिजनेस क्लासमा प्रवेश गरेका थिए । काउन्सिलको स्वअनुगमनमा पनि जबरजस्तीरूपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिजुअल रेकर्ड गरी सम्प्रेषण गरेको देखिएको पत्रमा उल्लेख छ ।











