स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेशको प्रतिकार गर्नुपर्छ: पूर्वमुख्यमन्त्री पौडेल

हेटौडा न्युज
२३ चैत्र २०७८, बुधबार १६:४१
;

मकवानपुर । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग गर्ने अध्यादेश ल्याइएको भन्दै मकवानपुरबासीले कडा प्रतिकार गर्नुपर्ने बताएका छन् ।

बुधवार पत्रकार सम्मेलन गर्दे पूर्वमुख्यमन्त्री पौडेलले आफू नेतृत्वको सरकारले हेटौंडा अस्पतालको स्वामित्व समेत लिने गरी प्रतिष्ठानमार्फत हेटौंडा अस्पतालको स्तरोन्नतिको कार्य गरेको दावी गर्दे अस्पताल र प्रतिष्ठानलाई छुट्याउनु गलत भएको बताएका हुन् । मकवानपुरे जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धी हुँदै गरेको प्रतिष्ठान र अस्पताललाई टुक्राउन वर्तमान सरकारको निर्णयको मकवानपुरबासीले कडा प्रतिकार गर्नुपर्ने उनले बताए ।

प्रतिष्ठान मातहत आएपछि हेटौंडा अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्यामा वृद्धि भएको, सघन उपचार कक्ष (आइसियु), एचडीयु वार्ड स्थापित हुनुका साथै प्रयोगशालाको क्षमता विकास गर्ने काम भएको उनले बताए । मकवानपुरबाटै निर्वाचित प्रदेश सभा सदस्य र मन्त्रीले समेत उक्त अध्यादेश रोक्ने प्रयत्न नगरेको प्रति उनले दुख व्यक्त गरे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*