कारको ठक्करबाट ललितपुरमा दुई वर्षीय बालकको मृत्यु

हेटौडा न्युज
२४ चैत्र २०७८, बिहीबार १०:३३
;

मकवानपुर । कारको ठक्करबाट ललितपुरको लुभुमा दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।

बा १६ च ३६८७ नम्बरको कारले बुधवार साँझ साढे ५ बजे ठक्कर दिँदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा बुधवार साँझ सवा ६ बजे मृत्यु भएको हो । कार सहित चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*