हेटौंडा सिमेन्ट उद्योगको महाप्रवन्धकमा बसन्तकुमार पाण्डे नियुक्त

हेटौडा न्युज
२५ चैत्र २०७८, शुक्रबार १७:४६
;

मकवानपुर । सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदमा तीन जनाको नाम सिफारिस भएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गठित छनोट समितिले नाम सिफारिस गरेको थियो ।

महाप्रबन्धक नियुक्तिका लागि गत माघ २६ गते सूचना प्रकाशन गरिएको थियो। उक्त पदका लागि १२ जनाले आवेदन दिएका थिए। ती मध्ये उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*