बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा बढायो
मकवानपुर । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
बागमती प्रदेश सरकारले आगामी वैशाख १ देखि लागू हुनेगरी सार्वजनिक सवारीको भाडा बढाएको हो। काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ ।
नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ । भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ । अब उपत्यकाभर यात्रुले सवारी चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने छ ।










