नयाँ वर्ष २०७९ को पहिलो दिन पशुपतिनाथमा श्रद्धालुहरुको भीड

हेटौडा न्युज
१ बैशाख २०७९, बिहीबार ११:३१
;

मकवानपुर । नयाँ वर्ष २०७९ को पहिलो दिन हिन्दूहरुको तीर्थस्थल काठमाडौंको पशुपतिनाथमा श्रद्धालुहरुको भीड लागेको छ ।

मन्दिर परिसरमा बिहानैदेखि भीड लागेपछि व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोष र प्रहरीलाई कठिन भएको छ । पशुपतिनाथ मन्दिरको मूल गेटमा हज्जारौं भक्तजनको भीडा लागेको छ भने दर्शन गर्नेको लाइन पनि निकै लामो छ । हिन्दूधर्ममा आस्था राख्नेहरुले नयाँ वर्षको पहिलो दिन पशुनाथको दर्शन गरी बितेको वर्षमा भएका भए पाप पखालिदिन र नयाँ वर्ष सुन्दर बनाइदिन कामना गर्ने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*