मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु, एक घाईते

हेटौडा न्युज
७ बैशाख २०७९, बुधबार ०९:२६
;

मकवानपुर । मकवानपुरमा गएराति चट्याङ लागेर एकको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का ६५ वर्षीय जीत बहादुर गोले रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

यसैगरि गएरातिनै इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ की ६० वर्षीया ठूलीमाया रुम्बा चट्याङ लागेर घाईते भएकी छन् । उनलाई उपचारको लागि गएरातिनै काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*