निजामती कर्मचारी सङ्गठनको स्थापना दिवसको अवसरमा बृद्धाश्रमलाई सहयोग
मकवानपुर । नेपाल निजामती कर्मचारी सङ्गठन मकवानपुरले बृद्धाश्रमलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन मकवानपुरको ३२ औं स्थापना दिवसका अवसरमा आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकिटोलमा रहेको ओम बृद्धाश्रमलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । स्थापना दिवसका अवसरमा कर्मचारी सङ्गठनका अध्यक्ष यादबिन्द्र पौडेलले ओम बृद्धाश्रमका अध्यक्ष शिद्धीलाल श्रेष्ठलाई नगद १० हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा निजामती कर्मचारी संगठनका पदाधिकारी, सदस्यहरु, ओम बृद्धाश्रमका पदाधिकारी तथा सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो ।










