बालेन शाहले पाए ‘लौरो’ चुनाव चिन्ह

हेटौडा न्युज
१७ बैशाख २०७९, शनिबार १३:३६
;

मकवानपुर । आसन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् ।

शनिबार काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका मेयरका स्वतन्त्र उम्मेदवार शाहले लौरो चुनाव चिन्ह पाएका हुन्। उनी पेशाले इञ्जिनियर तथा गायक पनि हुन् ।

निर्वाचन आयोगका अनुसार देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिह्नमध्येबाटै निर्वाचन चिह्न दिने तयारी गरेको छ । उनीहरूलाई आज आयोगले निर्वाचन चिह्न दिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*