महानिरीक्षक नियुक्ति विरुद्ध एआईजी पोखरेल सर्वोच्च अदालतमा
मकवानपुर । सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् ।
उनले वारेसमार्फत दिन लागेको रिट सर्वोच्च अदालतमा पेश गरेका छन् । अर्का अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले भने आफू रिट लिएर जाने वा नजानेबारे कानुनी परामर्शमा रहेको बताएका छन् ।
आइतबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेको थियो । सिंह भन्दा वरिष्ठ एआईजी पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट लिएर गएका हुन् ।










