प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर

हेटौडा न्युज
२१ बैशाख २०७९, बुधबार १६:३४
;

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु सहित ५ जना विरुद्ध नक्कली कागजात बुझाई भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

अख्तियारले आर्थिक वर्ष २०७४÷७५ को विनियोजित बजेट दुरुपयोग गरेको आरोपमा उनीहरुमाथि भ्रष्टाचारमुद्दा चलाएको हो । उनीहरुमाथि २९ लाख ७७ हजार रुपैयाँ हानीनोक्सानी पु¥याएको आरोप छ ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सारुसहित सहायक इञ्जिनियर हस्त बहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल, कोषाध्यक्ष रत्नादेवी हमाल विरुद्ध मुद्दा दायर गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*