४ सय २२ किलो लागूऔषध गाँजासहित बेवारिसे ट्रक बरामद

हेटौडा न्युज
९ जेष्ठ २०७९, सोमबार ११:१०
;

मकवानपुर । प्रहरीले ४ सय २२ किलो लागूऔषध गाँजासहित बेवारिसे ट्रक बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पालुङको टोलीले आइतबार राती थाहा नगरपालिका वडा नम्बर–३ घर्तिखोलामा रोकिराखेको ना ६ ख ३२४३ नम्बरको मिनी ट्रकमा उक्त परिमाणमा गाँजा बरामद गरेको हो ।

ट्रकमा कोहि पनि नभएको अवस्थामा १४ पोका गाँजा मात्र रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ट्रक र गाँजासंग सम्बन्धित मानिसहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*