एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौडा न्युज
१२ जेष्ठ २०७९, बिहीबार १०:२६
;

मकवानपुर । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*