निजगढमा विमानस्थल निर्माण नगर्न सर्वोच्चको आदेश
मकवानपुर । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
निजगढमा विमानस्थल निर्माण नगर्न न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले आदेश दिएको हो ।
सर्वोच्चले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन स्वीकृत गर्ने वन तथा वातावरण मन्त्रालयको निर्णय बदर गर्ने फैसला गरेको सर्वोच्च अदालतले जनाएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितले रिट दायर गरका थिए ।










