मकवानपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नारायणी संघद्वारा बधाई तथा स्वागत

हेटौडा न्युज
१२ जेष्ठ २०७९, बिहीबार १७:२४
;

मकवानपुर । नारायणी संघ हेटौंडाले मकवानपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत गरेको छ ।

संघले आज एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरका मेयर उपमेयर, थाहा नगरका मेयर उपमेयर, ८ वटै गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुलाई बधाई तथा स्वागत गरेको हो । संघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख अतिथ्यता रहेको थियो । संघका अध्यक्ष श्रेष्ठले यातायात क्षेत्रको वर्तमान अवस्था तथा समस्या बारे जानकारी गराएका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति बुद्ध लामा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष सुर्यचन्द्र न्यौपाने, हेटौंडाका मेयर मीना कुमारी लामा, उपमेयर राजेश बानियाँ, थाहा नगरका मेयर विष्णु विष्ट लगायत जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*