स्वतन्त्र उम्मेदवारहरुको जितपछि हेटौंडामा धन्यवाद र्याली
मकवानपुर । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएको खुसियालीमा आज हेटौंडामा धन्यवाद र्याली निकालिएको छ ।
आज साझ ६ बजे हेटौंडाको बुद्धचोकमा हेटौंडाका स्वतन्त्र नागरिकहरुले धन्यवाद र्याली निकालिका हुन् । स्वतन्त्र उम्मेदवार काठमान्डौमा बालेन शाह, धनगडीमा गोपाल हमाल र धरानका हर्क साम्पाङको जितको खुसियालीमा हेटौंडाका स्वतन्त्र युवाहरुले र्यालीको आयोजना गरेका हुन् ।
जनताले स्वतन्त्ररुपमा उठेकालाई अमुल्य मत दिई विजयी गराएकोमा धन्यवाद दिन हेटौंडामा पनि र्यालीको आयोजना गरिएको किशार अर्यालले बताए । हेटौंडाका स्वतन्त्र युवाहरुले बुद्धचोकमा भेला भएर स्वतन्त्र रुपमा विजय हासिल गरेका बालेन्द्र साह, गोपाल हमाल र हर्कराज राईका पक्षमा नारा समेत लगाएका थिए ।










