गणतन्त्र दिवसको अवसरमा ८ सय ३४ जनाको कैद मिनाहा
मकवानपुर । गणतन्त्र दिवसको अवसरमा सकारले ८ सय ३४ जनाको कैद सजाय माफी मिनाहा गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ७१ जना र ५ सय ४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस्तै संविधानको धारा २ सय ७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १ सय ५९ बमोजिम १६ जनाको कैद सजाय माफी भएको छ ।










