काठमाडौं महानगर: बालेन र सुनिताले शपथ लिए
मकवानपुर । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् ।
बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोल र ३२ ओटै वडाका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका छन् । मेयर साह र उपमेयर डंगोलले आजै कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ ।










