विश्व सुर्तिजन्य पदार्थ रहित दिवस हेटौंडामा मनाईयो

हेटौडा न्युज
१७ जेष्ठ २०७९, मंगलवार ०९:०४
;

मकवानपुर । विश्व सुर्तिजन्य पदार्थ रहित दिवस हेटौंडामा मनाईएको छ ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा प्रदेशको राजधानी रहेको हेटौंडामा प्रभातफेरी कार्यक्रम गरी विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाइएको हो । प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सुर्तिजन्य पदार्थ प्रयोग नगर्न आग्रहका साथ बालबालिकालाई खरिद गर्न पठाउने कार्यबन्द गर्न अनुरोध गरेका छन् ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको र बजेट ल्याउने तयारीमा रहेकाले स्वास्थ्य र शिक्षामा बजेट राखेर समाजलाई सुर्तिजन्य पदार्थ रहित बनाउने बताए । हेटौंडाको बुद्धचोकबाट सुरु भएको प्रभातफेरी बजारपरिक्रमा गरी पुनः बुद्धचोक पुगेर सडक नाटक प्रदर्शन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*