हेटौंडाको राज मोटर्समा एफजेड–एक्स मोटरसाईकल सार्वजनिक
मकवानपुर । यामाहाको वहुप्रतिक्षित नियो रेट्रो स्टाइलयुक्त नयाँ वाइक एफजेड–एक्स नेपाली बजारमा भित्रिएको छ ।
हेटौंडाका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारि विक्रेता राज मोटर्स प्रालि हेटौंडाले एफजेड–एक्स आज एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । राज मोटर्सका सञ्चालक राजन श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुृर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि अग्रवालले एफजेड–एक्स बाईक सार्वजनिक गरेका थिए । एफजेडएस भि थ्रीमा रहेको इन्जिनमा नै यो मोटरसाइकल आधारित रहेको छ । यामाहा एफजेड–एक्समा १ सय ४९ सीसीको एयर कुल्ड इन्जिन दिइएको छ । जुन इन्जिनले १२ दशमलव ४ एचपीको पावर र १३ दशमलव ३ एनएमको टर्क जेनेरेट गर्दछ । सो इन्जिनमा ५–स्पिड कन्स्ट्यान्ट मेस ट्रान्समिसन जडान गरिएको छ । ब्रेकिङका लागि एफजेड–एक्समा सिंगल च्यानल एबीएसका साथ दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।
भने यो मोटरसाइकलमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र मोनोसक रियर सस्पेन्सन रहेको छ । सो बाइकमा सिल्भर हेडल्याम्प ब्राकेट र सिल्भर प्यानलको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यामाहा एफजेड–एक्सको लम्बाई २ हजार २० एमएम, चौडाई ७ सय ८५ एमएम, उचाई १ हजार १ सय १५ एमएम, ग्राउण्ड क्लियरेन्स १ सय ६५ एमएम र १ हजार ३ सय ३० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १० लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १ सय ३९ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि २ सय ८२ एमएम र पछाडि २ सय २० एमएम डिस्क ब्रेक दिइएको छ । एफजेडएस भि थ्रीको तुलनामा सो मोटरसाइकलको लम्बाई, चौडाई, उचाई र ह्वीलवेसमा केहि ठूलो रहेको छ । यामाहा एफजेड–एक्सको नेपाली बजार मुल्य ४ लाख २६ हजार ९ सय रुपैयाँ मूल्य निर्धारण गरिएको राज मोटर्सले जनाएको छ । यामाहा एफजेड–एक्स विभिन्न तीन कलर अप्सनमा उपलब्ध हुनेछ ।










