हेटौंडामा ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ सरस्वती खोला नजिक भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सरस्वती खोला नजिक दुर्घटना हुँदा चितवनको रत्ननगर–८ का ३१ बर्षीय सन्जिव अर्यालको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई खोल्सामा पल्टिदा गम्पभर घाईते भएका अर्यालको हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।










