हेटौंडा उपमहानगरपालिकाका लागि एक अर्ब ६ करोड ९५ लाख रुपैयाँ अनुदान

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका लागि संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि कुल एक अर्ब ६ करोड ९५ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने भएको छ ।
संघीय सरकारको बजेट मार्फत उपमहानगरपालिकाका लागी उक्त रकम छुट्याएको हो । संघीय सरकारले छुट्याएको रकम मध्यमा पहिलो चौमासिकमा २६ करोड ७३ लाख ९३ हजार रुपैयाँ उपलब्ध हुने उपमहानगरपालिकाका लेखा साखाका महेन्द्र चापागाईले जानकारी दिए ।
संघीय सरकारले समानिकरण अनुदानमा उपमहानगरपालिकालाई ३५ करोड ७६ लाख रुपैयाँ उपलब्ध गराउने चापागाईले जानकारी दिए । त्यसैगरी ससर्त अनुदानमा ६८ करोड ४७ लाख रुपैयाँ उपलब्ध गराउने छ । सशर्त अनुदान चालु तर्फ भने २ करोड ७३ लाख रुपैयाँ उपलब्ध गराउने भएको उपमहानगरपालिकाले जानकरी दिएको छ ।