छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

हेटौडा न्युज
२० जेष्ठ २०७९, शुक्रबार ०८:१५
;

मकवानपुर । बैतडीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । भने अर्को एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो । बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले जानकारी दिए ।

यस्तै सिगास–१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन् । धामी स्थानीय गाजरीबजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए । घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।–अनलाईनखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*