जेठ २४ गते देखि समरा विमानस्थलबाट उडान बन्द

हेटौडा न्युज
२० जेष्ठ २०७९, शुक्रबार ०८:५८
;

मकवानपुर । सिमरा विमानस्थलबाट यही जेठ २४ गते देखि असार १३ गते सम्म उडान बन्द हुने भएको छ ।

वर्षौँदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मत तथा सम्भारका लागि दैनिक उडानको समय कटौती गरिएको सिमरा विमानस्थलले जनाएको छ । विमानस्थलमा पिचिंग र कालोपत्रेको काम गर्नु पर्ने भएको हुँदा यही जेठ २४ गते देखि असार १३ गते सम्म बिहान ६ बजे देखि ११ बजे सम्म मात्रै उडान हुँने सिमरा विमानस्थलका प्रमुख भुपेन्द्र भट्टले जानकारी दिए ।

भट्टका अनुसार २० दिन भित्र काम सक्ने गरी सप्तकोशी निर्माण सेवा कम्पनीले १५ करोडमा ठेक्का प्राप्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*