ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटौडा न्युज
२१ जेष्ठ २०७९, शनिबार ०७:०७
;

मकवानपुर । ट्र्याक्टर दुर्घटना हुँदा रुकुम पूर्वमा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिस्ने–४ दादीङका १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए ।
जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर–४ को कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*