हेटौंडामा वातावरणीय सचेतना मुलक साइकल र्याली

हेटौडा न्युज
२१ जेष्ठ २०७९, शनिबार १२:०३
;

मकवानपुर । विश्व वातावरण दिवसका अवसरमा आज हेटौंडामा वातावरणीय सचेतना मुलक साइकल र्याली गरिएको छ ।

टोल विकास संस्था नगर समन्वय समितिको हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको साइकल र्यालीले हेटौंडा परिक्रमा गरेको थियो । उपमहानगरपालिकाको कार्यालय परिसरबाट सुरु भएको र्याली चौघडा, हटिया, रातोमाटे हुँदै बजारक्षेत्र परिक्रमा गरेको थियो । उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले साइकल र्यालीको उद्घाटन् गरेकी थिईन् ।

टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष धुर्ब अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जन, उपमहानगरपालिका सामाजिक विकास महासाखाका प्रमुख विष्णु कुमारी लामिछाने लगायतकाको उपस्थिति थियो । टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडा उपमहानगरपालिकाको हरेक बर्षको जेष्ठ २२ गते विश्व वातावरण दिवसलाई सप्ताहब्यापी रुपमा विविध कार्यक्रम गरेर मनाउदैँ आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*