२ सय ६० ग्राम सुनसहित तीन जना पक्राउ
मकवानपुर । विदेशबाट आएका तीन जना सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
आज बिहान विमानस्थलमा जजिरा एअरलाईन्सबाट उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।
भन्सार कार्यालयले उनीहरूले पाइन्टको भित्री भागमा लुकाएको २ सय ६० ग्राम सुन बरामद गरेको जनाएको छ ।










