लागूऔषध नाईट्राभेटसहित २ जना पक्राउ
मकवानपुर । ५ सय ३८ ट्याबलेट लागूऔषध नाईट्राभेटसहित २ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहँु जिल्ला देबघाट गाउँपालिका वडा नम्बर–४ बस्ने २१ वर्षीय सरोज भुजेल र काभ्रेपलाञ्चोक जिल्ला धुलीखेल नगरपालिका वडा नम्बर–९ बस्ने २३ वर्षीय जंग बहादुर तामाङ रहेका छन् ।
शनिबार दिउँसो भिमफेदी गाउँपालिका वडा नम्बर–६ स्थित सडकमा बिरगंजबाट काठमाण्डौ जाँदै गरेको ना १ ज ३५५३ नम्बरको यात्रुबाहक सुमोलाई चेकजाँच गर्दा उक्त सुमोमा सवार भुजेल र तामाङको साथबाट लागूऔषध नाईट्राभेट ५ सय ३८ ट्याबलेट फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










