बागमती प्रदेशका स्थानीयतहका प्रमुख र उपप्रमुखहरुलाई अभिमुखीकरण कार्यक्रम हेटौंडामा सुरु

हेटौडा न्युज
३० जेष्ठ २०७९, सोमबार १२:२९
;

मकवानपुर । बागमती प्रदेशका १ सय १९ ओटै स्थानीय तहका नवनिर्वाचित प्रमुख र उपप्रमुखहरुलाई स्थानीय सरकार सञ्चालन र स्थानीय विकास सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम आजबाट हेटौंडामा सुरु भएको छ ।

 

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा प्रदेशको राजधानी हेटौंडामा भएको कार्यक्रममा प्रदेशभरका महानगर, नगर, गाउँपालिकाका जनप्रतिनिधि सहभागी छन् । कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार रहेो बताए ।

उनले जनताको चुलो देखि कुलो सम्मको समस्या स्थानीय सरकारले हल गर्नुपर्ने बताए ।अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले स्थानीय सरकार सञ्चालन र विकासबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । संघीय मामिलाका जानकार समेत रहेका देबकोटाले केन्द्रिकृत मानसिकताका कारण स्थानीय सरकार सबल हु्न नसकेको टिप्पणी गरे ।

अभिमुखीकरण कार्यक्रममा आज र भोलि चल्ने आयोजक बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*