मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य बन्द

हेटौडा न्युज
३ असार २०७९, शुक्रबार १४:५९
;

मकवानपुर । मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य बन्द भएको छ ।

असार १ गते राति वर्षासँगै परेको चट्याङका कारण राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको राउटरसमेतका मेसिनहरु बिग्रिन गएकाले अर्को सूचना नभएसम्मका लागि राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने कार्य हाललाई स्थगन भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी जानकारी दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सूचना जारी गर्दै हाललाई सेवा स्थगन भएको जानकारी गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*