हेटौंडामा ‘माटो जोगाऔं’ कार्यक्रम सम्पन्न

हेटौडा न्युज
४ असार २०७९, शनिबार १५:१३
;

मकवानपुर । शनिबार हेटौंडामा ‘माटो जोगाऔं’ अभियान समुहले माटो जोगाऔं कार्यक्रम गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन विभाग प्रमुख रामजी गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै र पाण्डेले सबैले माटोको संरक्षण गनुपर्ने बताए ।

किसानलाई रासायनिक मलको प्रयोग गरेर उत्पादन गर्नैपर्ने स्थितिलाई हेरेर प्रदेश सरकारले मल कारखाना निर्माण गर्ने तयारी रहेको उनले बताए । ‘माटो जोगाउ’ अभियान सबैको अभियान भएकाले अभियानलाई आवश्यक सहयोग र समन्वय गर्न प्रदेश सरकार सधै तयार रहको मुख्यमन्त्री पाण्डेले बताए । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, मकवानपुर जिल्ला साईकिलिङ संघका अध्यक्ष संगीत श्रेष्ठको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*