वडाध्यक्ष मनबहादुर घर्तीको सुतिरहेको अवस्थामा मृत्यु

हेटौडा न्युज
४ असार २०७९, शनिबार १५:२२
;

मकवानपुर । जाजरकोट कुशे गाउँपालिका वडा नम्बर – ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ ।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए ।

घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*